पूर्वएआईजीको घर लुट्ने ‘खुंखार डाँका’ प्रहरी इन्काउन्टरमा समातिए


प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनेर चिनिने तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए ।




प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थियो ।  उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।




सम्बन्धित
Loading...