क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीमा तिवारी





सागर सुनार

नवलपरासी : ६ जेठ – क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीको सोमवार बर्दघाटमा भएको भेलाले संजय तिवारीको अध्यक्षतामा ९ सदस्सीय जिल्ला समिति गठन गरेको छ । भेलाले समितिको उपाध्यक्षमा अग्रज पत्रकार बाबुराम गिरी सचिवमा राज कुमार पाण्डे, सहसचिवमा सागर सुनार र कोषाध्यक्षमा लक्ष्मी घिमिरेलाई चयन गरेको छ । त्यस्तै सदस्यरुमा बुद्धि भुजेल , दुर्गा भुर्तेल, सिमा थापा र सरस्वती श्रेष्ठ चयन हुनुभएको छ ।




भेला उद्घाटनमा बोल्दै प्रमुख अतिथि क्रान्तिकारी पत्रकार महासंघ प्रदेश पाँचका संयोजक रवि पाण्डेयले पत्रकार चौथो अंग मात्र नभई बिकृति विसंगतिको प्रतिपक्ष समेत रहेकाले जनपक्षीय पत्रकारिता गर्न जोड दिनुभयो । कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादी ) का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले राज्यले पत्रकारलाई चौथो अंगको रुपमा स्विकार गरेपनि मिडिया काउन्सिल बिद्येयक ल्याएर अंकुश लगाउन खोजेकोले एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेल,प्रगतिवादी साहित्यकार ताराप्रसाद श्रेष्ठ, बोल्गा नेपाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीका अध्यक्ष राजु खनाल, क्षेत्रबहादुर थापा सुर्य सापकोटा र सुर्य पाण्डेलगायत अतिथि रहनुभएको थियो । कार्यक्रम संजय तिवारीको अध्यक्षता प्रेमलाल रिमालको संचालनमा भएको थियो । भेलामा लेखक तथा साहित्यकारहरुले आफ्ना लेख रचनावाचन समेत गरेका थिए ।

त्यस्तै भेला पछिको पहिलो बैठकले प्रेमलाल रिमालको संयोजक , बोल्गा नेपाल र ताराप्रसाद श्रेष्ठको सदस्य रहेको तीन सदस्सीय सल्लाहकार समिति चयन गरेको छ । बैठकले बुटवलमा जेठ १६ र १७ गते हुने राष्ट्रिय सम्मेलनका तयारीका लागि प्रतिनिधि पर्यबेक्षक छनौटका साथै बिभिन्न समिति समेत गठन गरेको नवनिर्वाचित अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

जस अनुसार प्रतिनिधिमा संजय तिवारी,राजकुमार पाण्डे र सागर सुनार पर्यबेक्षकहरुमा प्रेमलाल रिमाल र बाबुराम गिरीलाई चयन गरेको हो । त्यस्तै आर्थिक समितिको संयोजकमा राजकुमार पाण्डे सदस्यमा लक्ष्मी घिमिरे र सागर सुनार , प्रचार प्रसार समितिमा संयोजक सागर सुनार र सदस्यहरुमा दुर्गा भुर्तेल र सिमा थापा रहनुभएको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि दुर्गा भुर्तेलको संयोजकत्वमा ५ सदस्सीय स्वयसेवक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा बुद्धि भुजेल सरस्वती श्रेष्ठ र ग्रेता राना रहनुभएको सचिव राजकुमार पाण्डेले बताउनुभयो ।




सम्बन्धित
Loading...