पत्रकार अर्जुन अविरलले गरे जन्मदिनमा अभिभावकत्व ग्रहण

240








नवलपुर । दाउन्ने साप्ताहिकका प्रधानसम्पादक एवम् पत्रकार अर्जुन अविरलले आफ्नो जन्मदिनको अवसर पारेर एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।
शुक्रबार परेको जन्मदिनका अवसर पारेर कावासोती ३ जीवन ज्योति मावि कक्षा ८ मा अध्ययनरत बालिका मनिषा सुनारको अभिभावकत्व ग्रहण गरेका हुन् ।
उनले गत बर्ष एक बर्षका लागि सोही विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । पत्रकार अर्जुन अविरलले सोही विद्यार्थीको कक्षा १२ सम्मको पठनपाठन खर्च सम्पूर्ण व्यहोर गर्ने गरी अभिभावकत्व ग्रहण गरेको जनाएका छन् ।
विद्यालयकी जेहेन्दार र विपन्न छात्रा मनिषा सुनारका अभिभावक भए पनि आर्थिक अवस्था निक्कै कमजोर रहेको छ ।
उनको सहयोगप्रति विद्यालय परिवार आभार रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जनाएका छन्।



You might also like
Loading...