कावासोतीमा हस्तलेखन प्रतियोगिता सम्पन्न

175








प्रेम न्यौपाने,

कावासोती, १० जेष्ठ 




पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बीच हस्तलेखन प्रतियोगिता शुक्रबार कावासोतीमा भएको छ ।

ज्ञानोदय माध्यमिक विद्यालय कावासोती – ८ को आयोजना तथा इम्बक्स नवलपरासीको प्रायोजनमा सम्पन्न प्रतियोगितामा जिल्लाका विभिन्न ५८ वटा विद्यालयका १ सय १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

आधारभूत (प्रावि, निमावि) र माविको तहगत रूपमा अङ्ग्रेजी र नेपाली विषयको छुट्टाछुट्टै सम्पन्न भएको प्रतियोगितामा नेपाली विषयको आधारभूत तह अन्तर्गत प्रावितर्फ ज्ञानोदय माविका छात्रा स्वस्तिका काफ्ले प्रथम, नवजागरण नमुना माविका छात्रा प्रकृति खनाल द्वितीय र लालीगुराँस आधारभूत विद्यालयका छात्र विकास थापा तृतीय भएका छन भने अङ्ग्रेजीतर्फ देवचुली माविका छात्र सागर वि क प्रथम, नेपाल माविका छात्रा पुरवी पौडेल द्वितीय र प्रशान्त कुमाल तृतीय भएका छन ।

त्यसैगरी आधारभूत तहकै निमावितर्फको नेपाली भाषामा पृथ्वी माविका छात्रा सुहाना दवाडी प्रथम, नवजागरण माविका छात्रा सदिक्षा पोख्रेल द्वितीय र कालिका माविका छात्रा समिक्षा बस्नेत तृतीय भएका छन भने अङ्ग्रेजी भाषातर्फ शिव नमुना माविका छात्र सुशील बस्याल प्रथम, पृथ्वी माविका छात्र मणिप्रसाद काफ्ले द्वितीय र जनता मावि त्रिभुवनटारका छात्र धिरज सुनार तृतीय भएका छन ।

त्यस्तै मावितह तर्फको अङ्ग्रेजी भाषामा शिव नमुना माविका छात्रा लिजा चौधरी प्रथम, ज्ञानोदय माविका छात्र माधव महतो द्वितीय, दाउन्नेदेवी माविका छात्रा कृता कुँवर तृतीय भएका छन भने नेपाली भाषामा लक्ष्मी माविका छात्र शिव शर्मा प्रथम, नवजागरण माविका छात्रा रितु अर्याल द्वितीय र नेपाल माविका छात्रा गिनिशा थापा तृतीय भएका छन ।

ज्ञानोदय मावि विद्यालय ब्यवस्थापन समितिका सदस्य तुलसी भट्टराईको अध्यक्षता एवं कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा इम्बक्स सदस्य तथा नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक नारायण पाण्डेले गर्नुभएको थियो ।



You might also like
Loading...