भाजपा एक्लैको ३०३ सिट, भाजपा गठबन्धन ३५२, कांग्रेस गठबन्धन ९१, अन्य ९८

151








भारतको निर्वाचन आयोगले शनिबार लोकसभा निर्वाचन २०१९ अन्तिम निर्वाचन परिणाम घोषणा गरेको छ । आयोगको औपचारिक नतिजाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३०३ सिट जितेको छ । भाजपाले २०१४ को भन्दा २२ सिट बढी जित हासिल गरेको हो ।
भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हासिल गरेको आयोगले सार्वजनिक गरेको छ । यसका साथै मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित भएको छ । शुक्रबार नै उनले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् । अब आयोगले राष्ट्रपतिलाई नवनिर्वाचित सदस्यको सूची बुझाउनेछ ।




भाजपाको राष्ट्रवादी तथा हिन्दू धर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकाले उसले एकछत्र जित निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एनडीए गठबन्धनमा रहेका अन्य दलमध्ये शिव सेनाले १८, जनता दल युनाइटेड (जेडीयू)ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एक÷एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय कांग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लोपटकको लोकसभा निर्वाचनको तुलनामा ८ सिट बढी जितेको भएको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आबद्धमध्ये बिदा मुन्नेत्र काझागम (डीएमके)ले २३, नेसनलिस्ट कंग्रेस पार्टी (एनसीपी)ले ५, इन्डियन युनियन मुस्लिम लिगले तीन सिट जितेका छन् ।
त्यसैगरी, रिभोलुसनरी सोसलिस्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भीसीके)ले एक÷एक सिटमा जित हासिल गरेका छन् ।



You might also like
Loading...