प्रदेश मन्त्रीद्वारा हावाहुरी प्रभावित क्षेत्रको अनुगमन

79








नवलपुर । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले पूर्वी नवलपरासीको देवचुलीको हावाहुरी प्रभावित बस्तीको स्थलगत निरीक्षण गरेका छन् ।
शुक्रवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुवानले देवचुलीका सितावास, रामवास, मुण्डे, जनवस्ती लगायतका हावाहुरी प्रभावित परिवारका घरमै पुगेर प्राकृतिक विपत्तिले पु¥याएको पिडाले आफू समेत दुखित भएको भावना व्यक्त गरे ।
अनुगमन पछि उनले पोखरा फर्के लगत्तै यस बिषयका सन्दर्भका लागी क्याबिनेटको बैठक बसी प्रदेश सरकारले पीडितलाई सक्दो सघाउने विश्वास दिलाए ।
मन्त्री चुवानले यस्तो बेलामा दुख पर्दा पीडितले सरकारप्रति राखेको सहयोगको अपेक्षालाई प्रदेश सरकारको आफ्नो दायित्व र कर्तब्य ठान्दै स्थानीय सरकारले जति छिटो क्षतिको रिपोर्ट पठाउँछ त्यति छिटो प्रदेश सरकारले सक्ने र अत्यावश्यक राहत उपलब्ध गराउने बताएका हुन् ।
अनुगमनमा संघीय साँसद तिलक महत, प्रदेश साँसद रोशन गाहा, नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, पूर्व संविधान सभा साँसद कृष्ण पौडेल, देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ, उपमेयर पार्वती तिवारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल लगायतले हावाहुरी प्रभावित क्षेत्रको अनुगमन गरेका थिए ।



You might also like
Loading...