थाइराइड के हो, पहिचान कसरी गर्ने ?
आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ ।
मानव शरीरको रुद्रघण्टी तलको ग्रन्थीलाई थाइराइड भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ ।
थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । शरीरको वृद्धि विकासमा यी हर्मोनहरुको महत्त्वपूर्ण भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादन असन्तुलित हुने र रोग लाग्न चिकित्सकहरु बताउँछन् । त्यसैलाई थाइराइड रोग भनिन्छ।
पछिल्लो समय नेपालका लागि थाइराइड समस्याका रुपमा देखिएको छ । एक तथ्यांकअनुसार, जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड छ ।
खाने नुनमा आयोडिनको मात्रा कम हुनु थाइराइड रोग बढ्नुको मुख्य कारण भएको बताउँछन् डाक्टर अशुंमाली जोशी । शरिरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए।
थाइराइड परीक्षणबाट पहिचान हुन्छ । चिकित्सकका अनुसार, रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरेबाट थाइराइड भए–नभएको सजिलै पत्ता लाग्छ ।