देबचुलीको हुरीपिडित स्थलमा सांसद चौधरी


नवलपरासी, ११ जेठ ‐ पुर्वी नवलपरासीको देबचुली नगरपालिकामा हुरी पीडितहरुलाई ब्यक्तिगत एक सय बण्डल रंगिन जस्तापाता सहयोग गरेको त्यहाका सांसद बिनोद चौधरीले प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।
गत बुधवार सांझको हावाहुरीले देबचुली नगरपालिकाका बिभिन्न वडामा हुरीले २ सय घरपरिवारको छानो उडाएको थियो । त्यसको भोलिपल्टै गत बिहिवार उनले १० लाख मुल्य भन्दा बढिको १ सय बण्डल रंगिन जस्ता पाता नगरपालिका मार्फत हुरीपिडितहरुलाई सहयोग गरेका थिए । सांसद चौधरीले शनिवार दिउसो हुरी प्रभावित क्षेत्रको मुण्डे , रामबास ,बिशालटार , सितावास लगायतको क्षेत्रका हुरीपिडतहरुलाई घरदैलोमै गएर भेटेका हुन् । हुरीगएको खबर सुन्नासाथ बासबस्नै नहुने परिवारलाई तत्काल बासको ब्यबस्थागर्न सघाउन आफुले नगरपालिका मार्फत एक सय बण्डल जस्तापाता उपलब्ध गराएको र सरकारले थप सहयोग गर्ने आश्वासन दिएका थिए । “ हुरीले घरको छानो उडाएको २४ घण्टा भित्र टिन दिनुभयो यस्तो पो नेताहुन पर्छ ” हुरीपिडत टिकाराम भुर्तेलले भने सरकारले सहयोग पहिले गर्ला ?
हुरी पिडितहरुले सासद चौधरीलाई सरकारवाट तत्काल क्षतिपुर्ति दिलाईदिन पहल गरिदिन माग गरेका थिए ।




चौधरीले संसद र सरकारको ध्यानाकर्षण भैसकेको जानकारी दिदै हुरीपिडतहरुलाई नगरपालिकाले क्षतिको एकिन गरेर बिबरण तैयार गरेपछि सरकार र अन्य निकायले सहयोग गर्दै जानृे आश्वासन दिएको स्थानिय वडा अध्यक्ष भुपराज पाठकले बताए ।
४ दिनअघि गत बुधवारराति ८ बजे डेढ मिनेट आएको हुरीले त्यहाको २ सय भन्दा बढि घरगोठको छाना उडाएको थियो । ति मध्ये बास बस्नै नसक्ने र घर निमार्णगर्न पनि आर्थिक हैसियत नभएका २५ परिवारको छानो निमार्ण गर्न सघाउन उद्योगपति तथा त्यहाका सांसद चौधरीले २४ घण्टा भित्रै एक सय बण्डल जस्तापाता सहयोग गरेका थिए ।


देबचुली नगरपालिकाका मेयर पुर्ण कुमार क्षेष्ठले हुरी पडितहरुको एकिन तथ्यांक संकलन गर्ने भैरहेको र चाडो सरकारलाई बिबरण पठाउने जानकारी दिए । मेयर श्रेष्ठले नगरपालिकाका तर्फवाट पुरै क्षति भएका परिवारलाई नगद २० हजार र आंसिक क्षति भएका परिवारलाई १० हजार नगद सहयोगको घोषणा गरेका छन् ।



सम्बन्धित
Loading...