जेठ १३ गते विप्लव नेकपाको नेपाल बन्द (विज्ञप्ति सहित)

202








कावासोती । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते सोमबार नेपाल बन्द आव्हान गरेको छ ।
नेकपाले आफ्ना कार्यकर्ता हत्याको विरोधका नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेको विज्ञप्ति मार्फत जनाएको छ । नेकपा निकट युवा संगठनका नेता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै नेकपाले आन्दोलनको घोषणा गरेको हो ।
प्रहरीको गोली लागि घाइते घिमिरेको पछि निधन भएको थियो ।
सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका नेता तिर्थराज घिमिरे राजुलाई सरकारको ठाडो आदेशमा सुरक्षा फौजले पक्राउ गरी यातना दिई दोहोरो भीडन्तको नाममा हत्या गरेको नेकपाको दाबी छ ।
नेकपाले बन्दको पूर्व सन्ध्यामा आइतबार (आज) देशभर राँके जुलुस निकाल्ने समेत जनाएको छ ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै देशभर नेकपाको नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने क्रम बढाएको छ ।






You might also like
Loading...