उठेर मध्यराति

उठेर मध्यराति आफ्नै मनलाई सोधें
लौ भन त तेरो जगमा आफन्त भन्ने को छ
बल्छी विलेको माछी चुलेसी छउ जीवन
लौ भन त तेरो मनमा एकमुठी जल कहाँ छ
फर्कि यात्रा पछि आफ्नै बाटो हेरे
लौ भन त संगी यात्री आफ्नो भन्ने को छ
भाइ बन्धु पिता साथी नातागोता
सुखमा हजार छेउ दुःख बाड्ने को छ
जन्मै आँशु साथी, अझै भोक माघ
शीत जीन्दगीमा न्यानो भित्र कहाँ छ
आफ्नै छाया भागी, खोज्छ टाढा भाग्न
लौ भन त साथीभाई मेरा भन्ने को छ
उत्सव भतेर भोज आउने रम्ने कै यो
लौ भन त आँशु भिज्दा पुछ्ने तेरो को छ
सपनाकै जलसिन्धु सपनामै राजकुमार
लौ भन त विपना भित्र बाँकी अरु के छ
टाढिन्छन् आफै आँखा तैले बोकेका कर्ण
न भनेर मान्छ सासै चल्ने धर्म
हुँदैनन् वशमा त्यो पल आफ्नै हातपाउ
बचनका गहिरा मार हजार घाउ