प्रेस युनियनकाे स्थापना दिवसमा फलफूल वितरण


नेपाल प्रेस युनियन नवलपुरले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा सोमबार कावासोती १२ पिठौली स्थित वृद्धाश्रममा फलफूल वितरण गरेको छ ।



युनियनले स्थापना दिवसको अवसरमा परिवारवाट अपहेलित भएका आश्रमका वृद्धहरुसंग शुभकामना साटासाट गर्न वृद्धाश्रममा कार्यक्रम गरेको शाखा सभापति विरेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष एवं नेपाल प्रेस युनियनका पूर्व सभापति होमराज रानाभाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।




कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाभाटले पत्रकारहरुले सधैव अरुको दुखमा साथ दिन सक्नुपर्ने वताउनुभयो । साथै उहाँले सम्पूर्ण पत्रकारहरुलाई वर्तमान सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधयेकका विरुद्ध आवाज वुलन्द पार्न समेत आग्रह गर्नुभयो ।
शाखा सभापति पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा यूनियनका निवर्तमान सभापति श्रीराम सिग्देल, लक्ष्मीनारायण मन्दिर वृद्धाश्रमका सचिव दिपक सोतीले स्थापना दिवसको उपलक्ष्यमा शुभकामना दिनुभएको थियो ।



सम्बन्धित
Loading...