बुहारी समूहको अपांगलाई सहयाेग

192








शालिकराम भट्टराई
पछिल्लो समय सामाजिक संजालका कारण समाजमा बिभिन्न किसीमका घटनाहरु घटेको देख्दै र सुन्दै आईरहेका छौ । सामाजिक संजालको गलत रुपमा प्रयोग गर्नाले समाजमा बिकृती, बिसंगती संगै बिभिन्न किसीमका भयानक घटनाहरु घटदै आएका छन ।

यही सामाजिक संजाललाई सही रुपमा प्रयोग गर्न सकेमा समाजमा धेरै सकारात्मक कामहरु गर्न सकीन्छ भन्ने कुराको ज्वालन्त उदाहरण बनेको छ बुहारी ग्रुप । जुन गु्रपमा नेपालका बिभिन्न भागका बुहारीहरु आबद्ध छन । बि.स. २०७४ जेष्ठ १४ गते स्थापना भई हालसम्म देशका बिभिन्न भागमा रहेका बिपन्न, अशत्त, बिभिन्न प्राकृतीक बिपत्तीमा परेकाहरुलाई बिभिन्न तबरले सहयोग गर्दे आईरहेका छन ।





यसैबिच, यो गु्रप स्थापना भएको दोस्रो बार्षीक उत्सबको अवसरमा कावासोती ८ मा रहेको मौलाकालीका अपांग सेवा संस्थाका १७ जना बालबालीकालाई बिहानको खाना संगै १२००० बराबरको खाद्यान्न सामग्री समेत प्रदान गरेको बुहारी गु्रपकी सदस्य सरस्वती पौडेल वस्तीले बताउनभयो । आगामी दिनमा यस किसीमको सहयोग अन्य ठाउमा रहेका बिपन्न, अशत्त र बिभिन्न किसीमका समस्या भोग्न बाध्य रहेको समदायमा प्रदान गर्दे जाने समेत सदस्य वस्तीले बताउनुभयो । लामो समयदेखी बिभिन्न किसीमका समस्या भाग्दै आईरहेका सो संस्थामा रहेका अपांगता भएका बालबालीकालाई सो सहयोगले ठलो राहात हुने संस्थाले जनाएको ।



You might also like
Loading...