टिप्परको ठक्करबाट नवलपरासीमा महिलाको घटना स्थलमै मृत्यु

312








कमल कुवर
नवलपुर । मंगलबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ बेल्डिया चोक निर टिप्परको ठक्करबाट एक जना महिलाको घटना स्थलमै निधन भएको छ ।
नारायणगढबाट कावासोती आउँदै गरेको ना ४ ख ८२५१ नम्बरको टिप्परको ठक्करबाट बेल्डियाका ६५ बर्षीया महिला चन्द्रा गौतमको घटना स्थलमै निधन भएको हो ।
गैडाकोट प्रहरीका अनुसार टिप्परले पैदल यात्रीलाई ठक्कर दिएको हो । दुर्घटना पछि आक्रोशित बासिन्दाले झण्डै ४० मिनेट सडक अवरुद्ध गरेका थिए ।
टिप्पर र टिप्पर चालकलाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएपछि अवरुद्ध सडक खुलेको हो । पछिल्लो समय देश भर टिप्परका कारण हुने दुर्घटनामा अचानक वृद्धि भएको छ ।
यो समय खोला खुल्ने समय रहेको र टिप्परले तीव्र गतिमा नदीजन्य वस्तु ढुवानी गर्ने हुँदा यस्ता घटना अहिले बढ्ने गरेको हो ।



You might also like
Loading...