मोरङमा युवकले आफनै लिङ्ग पारे दुई टुक्रा

203








 




असार १३ -मोरङमा एक युवकले आफनै लिङ्ग काटेका छन् । मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकमा बस्दै आएका २२ बर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेर दुई टुक्रा बनाएका हुन् । घटना लगत्तै उनको स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका थिए । उनको हाल विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । परिवारका अनुसार केही समय यता सुनिलले असमान्य व्यवहार देखाउँदै आएका थिए ।

नियमित मदिरा सेवन गर्दै आएका उनी एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको परिवार बताउँछ । मानसिक तनाव देखिएजस्तै व्यवहार देखाउँने सुनिलले तरकारी काट्ने चक्कुले आफ्नै लिङ्ग काटेका थिए । चार वर्ष अघि बिवाह गरेका सुनिलको ३ वर्षका छोरा समेत छन् भने उनको पछिल्लो समय पारिवारिक सम्बन्ध राम्रो नभएको पनि प्रहरीले जनाएको छ ।



You might also like
Loading...