नवलपरासीकाे डण्डाबाट ट्रक चढ्ने महिलालाई ट्रकभित्र साूमहिक बलात्कार


 




नवलपरासीकाे डण्डाबाट ट्रकमा चढेकी एक महिला ट्रक भित्रै सामुहिक बलात्कारकाे सिकार भएकी छिन्।
ट्रकभित्र महिलाको बलात्कार गर्ने २ जना प्रहरीले तनहुमा पक्राउ गरेकाे छ।
प्रक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं ३ सुर्यचोक बस्ने ३२ बर्षका सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ बर्षका चालक विमल ढकाल रहेका छन् । अभियुक्तहरुले असार ११ नवलपरासीबाट दमौली जाँदै गरेको ना १ क ४३४९ नं. को ट्रकमा एक महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिएका थिए ।




उनीहरु दुबैले ती महिलालाई तनहुँ व्यास नगरपालिका वडा नं. १२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर बलात्कार गरेका थिए । घटनाबारे सूचना पाउँने बित्तिकै जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले संलग्न र ट्रकको खोजी कार्य तिव्र बनाएको थियो । उनीहरु दुबैलाई प्रहरीले तनहुँ ब्यास नगरपालिका वडा नं. ३ बनबाटिकाबाट प्रक्राउ गरेको छ ।




सम्बन्धित
Loading...