विश्वकप क्रिकेटः श्रीलंका साउथ अफ्रिकासँग ९ रनले फराजित

कावासोती । आइसिसी वर्ड क्रिकेट कपको शुक्रबार राति भएको खेलमा श्रीलंका साउथ अफ्रिकासँग ९ रनले पराजित भएको छ ।
टस जितेर फिल्डिङ रोजेको साउथ अफ्रिकाले श्रीलंकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । शुरुमा ब्याटिङ गरेको श्रीलंकाले ४९ दशमलब ३ ओभरमा १० विकेटको क्षतिमा जम्मा २ सय ३ रन जोडेको थियो ।
२ सय ४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको साउथ अफ्रिकाले ३७ दशमलब २ ओभरमा एक विकेटको क्षतिमा २ सय ६ रन जोड्दै जित हात पारेको थियो ।
साउथ अफ्रिकाको लागि फाफ डु प्लेसिसले ९६ रन र हसिम अम्लाले ८० रन लिएका थिए । दुवै जना नटआउट रहेर खेलेका थिए । जारी वर्ड क्रिकेटमा श्रीलंका सातौं स्थानमा छ भने साउथ अफ्रिका आठौं स्थानमा छ ।
शनिबारको खेल पाकिस्तान र अफगानिस्थानबीच हुने छ ।