हुरीले उडाएको छानाले च्यापिएर त्रिवेणीमा ७ बर्षीया बालिकाको मृत्यु


प्रेमचन्द रौनियार



नवलपरासी, १९ जेठ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा एक्कासी आएको ठूलो हावाहुरीले उडाएको छानोले च्यापिएर एक जनाको मृत्यु भएको छ ।




वर्दघाट सुस्ता पुर्व नवलपरासी को विनयि त्रिवणि गाउँ पालिका वडा नम्बर ७ ठुलो वैराज पुलमा ऐकासि आऐको हवा हुरिले छानो उडाउदाँ सात वर्षिय वालकको छानाले चेपिऐर मृत्युु भऐको छ ।

मृत्यु हुनेमा विनयी त्रिवेणि ७ गाईड वाँध वस्ने वर्ष ७ का अन्जनीकुमारी जादव बालिका रहेका छन ।

पुलमा खेलिरहेकी बालिकाको त्रिवेणी बजारमा रहेको पसलहरुको छानोले च्यापिएर मृत्यु भएको हो ।

आइतबार साँझ साढे पाँच बजे तिर त्रिवेणीमा आएको हावाहुरीले त्रिवेणी पुल नजिकै रहेका करिब ६०, ७० वटा पसलहरुको छानो उडाएको छ भने एक दर्जन रुख ढलेका छन् ।

हावाहुरीले त्रिवेणी गण्डक पुल नजिकै रहेको प्रहरी विटको छानो पनि उडाएको छ भने विजुली पोलहरु ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

क्षतिका पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।



सम्बन्धित
Loading...