अखिल नेपाल जनजाति महासंघको अध्यक्षमा डा. ओम गुरुङ निर्वाचित


पोखरा । आइतबार अखिल नेपाल जनजाति महासंघको राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट महासंघको सम्मेलनले डा. ओम गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । सम्मेलनले अन्य पदाधिकारीहरुमा पवनमा श्रेष्ठ उपाध्यक्ष, महासचिव नगेन्द्र राई, सचिव फुर्नाम्गेल मोक्तान र केवी फुदोङ र कोषाध्यक्षमा भरत बुर्जालाई निर्वाचित गरेको छ ।




सदस्यहरुमा निलबहादुर पुन, निमकला पुन, दयाराम चौधरी, फिरल चौधरी, अक्ष्मीत चौधरी, गौरव राई, गंगा राई, सुरेश तामाङ, प्रेम तामाङ, कृष्ण गुरुङ, टेकबहादुर गुरुङ, मोहन लिम्बु, खगेन्द्र छन्त्याल, दलबहादुर छन्त्याल, राजु भुजेल, सोनाम याङ्की, श्यामबहादुर कुमाल, शिव श्रेष्ठ, बालकुमार सुनुवारलगायत रहेका छन् । सम्मेलनले भिमबहादुर श्रीस, कमल चौधरी, बमबहादुर छन्त्याल, डिबी गुरुङलाई सल्लाहकारको रुपमा चयन गरेको छ ।

सम्मेलनको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले गरेका थिए । पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस लगायतका नेताहरुको सम्मेलनमा उपस्थिति रहेको थियो ।







सम्बन्धित
Loading...