झड्केलो छोरीलाई निरन्तर बलात्कारको आरोपमा पक्राउ


नवलपुर । आफ्नी कान्छी श्रीमतीकी छोरीलाई निरन्तर बलात्कार गरेको आरोपमा कावासोतीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ५८ बर्षीय रुकबहादुर दमाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।
कान्छी श्रीमतीको पहिलो श्रीमान पट्टीको १३ बर्षीया छोरीलाई निरन्तर बलात्कार गर्दै आउने गरेको पीडित बालिका र उनीकी आमाले बताएकी छिन् ।
विगत २/३ बर्षदेखि कहिले जंगलमा बाख्रा गोठालो जाँदा त कहिले घरमै बलात्कार गर्ने गरेको र ज्यादती बढ्दै गएपछि पीडित बालिका र उनकी आमाले स्थानीय जनप्रतिनिधि र प्रहरीकोमा न्यायका लागि अपिल गरेको बालिकाकी आमाले जनाएकी छन् ।
दुई÷तीन बर्ष छोरी सहित कान्छी श्रीमती ल्याएका दमाईले छोरीको उमेर बढ्दै गएपछि छोरीमाथि गिद्धे नजर लगाएको अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरीले दमाईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

 



कावासोतीमा आफ्नै १३ बर्षिय छोरी बलात्कार गर्ने पक्राउ



सम्बन्धित
Loading...