दुवै नवलपरासीका सहित २१ जना सीडीओ र सहायक सीडीओको सरुवा (सूची सहित)


काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।
पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरिएका हुन् ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल उपसचिवको रुपमा गृहमन्त्रालय सरुवा भएका छन् । पूर्वी नवलपरासीमा उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की कामु प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् ।
त्यस्तै पश्चिम नवलपरासीमा गृहका शम्भुप्रसाद मरासिनी कामु प्रमुख जिल्ला अधिकारीका रुपमा आउने भएका छन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने कामु प्रमुख जिल्ला अधिकारीको रुपमा गोर्खा सरुवा भएका छन् भने पश्चिम नवलपरासीकै सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल प्रमुख जिल्ला अधिकारीको रुपमा पश्चिम रुकुम सरुवा भएका छन् ।
त्यसैगरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर काभ्रेमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् भने रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको रुपमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल सरुवा भएका छन् ।
कपिलवस्तुमा गोर्खाका गजेन्द्रबहादुर श्रेष्ठलाई प्रमसख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई पर्वतमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ । नेपालको ठाउँमा तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई पठाइएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई तनहूको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा तनहु सरुवा गरिएको छ ।







सम्बन्धित
Loading...