पत्रकारको सुरक्षामा ध्यान दिन्छुः एसपी पोख्रेल


नवलपुर । पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा सरुवा भई आएका एसपी प्रहरी उपरीक्षक मोहनप्रसाद पोख्रेलले पत्रकारहरुको सुरक्षामा विशेष ध्यान दिने बताएका छन् ।
बुधबार पत्रकारहरुसँगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारहरुलाई समाचार लेखेकै भरमा धम्की आउने गरेका कारण पत्रकारहरुले आफूहरु असुरक्षित महशुष गरेको गुनासो गरेपछि उनले यस्तो प्रतिबद्धता गरेको प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताए ।
उनले पत्रकारहरुको सुरक्षाका लागि आफूले टिम परिचालन गर्ने र विशेष ध्यान दिनेमा बताए ।
एसपी पोख्रेलले नवलपुरका पत्रकारहरुसँगको भेटघाटमा नवलपुरका सुरक्षाको वस्तुस्थिति बारे जानकारी आदानप्रदान गरेका थिए ।
पोख्रेलले आज नै राजनीतिक दलका प्रतिनिधिहरु लगायतसँग पनि परिचयात्मक कार्यक्रम गर्दैछन् ।



सम्बन्धित
Loading...