तनहुँमा ठुलो परिमाणमा लागुऔषधसहित युवक पक्राउ

88








तनहुँ । ठुलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका-२ आम वोटे भन्ने स्थानमा बस्दै आएका २३ वर्षीय रमेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले वताए ।

पक्राउ परेका खत्रीको साथबाट ३२ नुफिन, २७ थान डाईजेपाम र ३२ फेनरागन गरि ९१ थान लागूऔषधसहित पक्राउ परेका हुन्।




आमवोटे भन्ने स्थानमा प्रहरीले खत्रीमाथि शङ्का लागि चेक जाँच र खानतलासी गर्ने क्रममा निजको साथबाट उक्त प्रतिबन्धित लागूऔषध ठुलो परिमाणमा बरामद गरेक‍ो प्रहरी प्रमुख सिलवालले वताए ।



You might also like
Loading...