डडेल्धुरा अस्पतालको ब्रह्मलूट : विरामीहरु औषधि खरिदको लागि नीजि मेडिकल धाउदै

196








दिपकराज भट्ट

डडेल्धुरा । साविकको उपक्षेत्रीय अस्पताल र हालको डडेल्धुरा अस्पताल डडेल्धुराका डाक्टरहरुले विरामीहरुलाइ औषधि खरिदको लागि नीजि मेडिकल क्लिनिकमा पठाउने गरेको खुलेको छ । स्वास्थ्यकर्मिहरुले आफ्नै नीजि मेडिकल खोलि औषधि खरिदका लागि सोहि ठाउँमा पठाउनले गरेको नवदुर्गा गाउँपालिका–२ का कृष्ण दत्त अवस्थिले बताए । चेकजाँच अस्पतालमा गर्नुपर्ने र औषधि खरिदको लागि डाक्टरहरुले नीजि मेडिकलमा बाहिर पठाउने प्रवृति रहेको उनको आरोप छ ।




अस्पतालमा विरामीहरुको सहजताका लागि अस्पतालले आफ्नै फार्मेसी खोलेको छ । तर चर्को मुल्य तिरेर साझा तथा अन्य नीजि मेडिकलबाट औषधि खरिद गर्नुपरेको डडेल्धुराको दमडाका डम्बरी टमटाको गुनासो छ । उपचारमा समेत ढीला सुस्ती गर्ने गरेको ओलिगाउँका ६२ बर्षीय वृद्धा गँङ्गादेवि भाटले बताइन । चेकजाँच पश्चात चारपाँच घण्टा कुराएर रिपोर्ट दिने गरेको उनको भनाइ छ ।
डाक्टरहरुले अस्पतालको गेटमा नै नीजि मेडिकल खोलेर ब्रह्मलूट गरिरहेका अस्पतालका विरामीहरुले बताए ।

रिपोर्ट चेक गरि चाहिने भन्दा बढी औषधिको नाम लेखेर फलानो मेडिकलमा जानु भनेर सुझाउने गरेको नवदुर्गा गाउँपालिका–२का कृष्ण दत्त अवस्थिले बताए । जसले गर्दा डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको लागि आउने विरामीहरुले सास्ती खेप्नु परेको उनको गुनासो छ ।
तर गत बैशाख २५ गते बाट २४ सै घण्टा अस्पतालको फार्मेसी खुल्ला हुने भएकाले आफुहरुले कुनैपनि विरामीलाइ बाहिर नपठाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कडेलले जिकिर गरेकाछन । उनले फार्मेसीमा औषधि नभएको खण्डमा मात्रै विरामीहरुले बाहिर जानुपर्ने बताएकाछन ।

अस्पतालमा दरवन्दि अनुसारका डाक्टर छैनन 

संघिय मातहतमा गएको डडेल्धुरा अस्पताल डडेल्धुरामा दरवन्दि अनुसारका कर्मचारी नहुँदा समस्या भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलका अनुसार अहिले अस्पतालमा ११ जना मात्रै मेडिकल अफिसर छन । ति पनि कोहि घरविदा तथा पढाइविदामा बाहिर जाने र एकदुइजना चिकित्सकहरु तालिममा गइरहँदा पनि समस्या भएको हो । उनहिरुको ठाउँमा अरु डाक्टरहरुलाइ सरकारले पठाएको छैन ।
अस्पतालमा १९जना कन्सलटेन्ट डाक्टरको दरवन्दि छ । तर अहिले दुइजना मेसुले कन्सलटेन्टको सेवा दिइरहेका छन । उनकै भाषामा भन्नुपर्दा ७/८ जना मेडिकल अफिसरको भरमा अस्पताल चलिरहेको छ ।

गर्मी बढेसंगै झाडापखाला र आउँका विरामी बढे 

गर्मी बढेसंगै डडेल्धुरा अस्पतालमा झाडापखाला तथा आउँका विरामी बढेकाछन । अस्पतालमा अहिले दिनहुँ डेढ सय देखि दुइसय सम्म झाडापखालाका विरामीहरु आउने गरेको अस्पताल स्रोतले जनाएको छ । विशेषगरि बालबालिकामा झाडापखाला बढी देखा परेको छ । यस्तै युवा र वृद्धवृद्धाहरु पनि अस्पतालमा झाडापखालाको उपचार गराइरहेका अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डाक्टर जितेन्द्र कंडेलले जानकारी दिएका छन ।



You might also like
Loading...