तपाईले कस्तो प्रेम गदै हुन्छ ?

223








यो पृथ्वीमा सबैभन्दा बढी चर्चा परिचर्चा पाएको शब्द भनेको नै प्रेम हो । संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द शायद ‘प्रेम’ हुनुपर्छ । प्रेमको विषयमा जति धेरै गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ । आज संसारमा जति पनि चलचित्रहरु बनेका छन्, जति जति गीतहरु सुन्नमा आएका छन् वा हामीले सुनेका छौ , ती सबैमा कुनै न कुनै तरिकाले माया र प्रेमकै भाव र गुणगानको सम्बन्ध जोडेर गुन गुनाईएको हुन्छ । तर अझै पनि संसारमा कसैले प्रेम यो हो र यसकारण हुन्छ भन्न सकेको छैन । बैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारेका छन् तर ती पनि सर्वमान्य छैनन् । मानिसहरु प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौंदेखि खोज र अनुसन्धान गर्दै आएका छन् । भनिन्छ प्रेम भनेको एउटा यस्तो भावना हो जसलाई न कसैको बुद्धिले रोक्न सक्छ न कुनै तर्कले नै छेक्न सक्छ । भनिन्छ कि प्रेम प्रेरणाको खानी हो, प्रेम जीवन हो, प्रेम प्रकृति हो, प्रेम विश्वास हो अनि प्रेम संसारै हो । प्रकृतिको सबै भन्दा सुन्दर उपहार हो प्रेम र त्यो भन्दा मिठो छ उसको अनुभुती, जो जिन्दगीको महत्व सिकाउँछ र जीवन जिउन योग्य बनाउँछ ।

भनिन्छ मायामा नै संसार अडिक छ । सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ । मायामा आत्मियता छ, मधुरता छ, विशाल छ अनि मायामा भावुकता पनि छ। मायाको उद्गम बिन्दु एउटै हो। माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला। मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ।




प्रेमको महत्व

प्रेम अद्भूत शक्ति हो । हामी सबै प्रेमका पुजारी हौँ । संसार प्रेममय छ । प्रेममय भएकै कारण संसार अडिएको छ । सबै मानिस जानी नजानी माया प्रेम गरिरहेका हुन्छन । माया ममता, करुणा, स्नेह, सद्भाव, भक्ति, सत्कार, स्वाभिमान, अनुशासन आदि सबै प्रेमका स्वरूप हुन् । प्रत्येक पल मानिसले प्रेमको कुनै न कुनै स्वरूप धारण गरेकै हुन्छ । यही शक्तिको कारण मानव जीवनको औचित्य रहन्छ । प्रेम र्सवश्रेष्ठ र शक्तिशाली छ । प्रेम एकमात्र त्यस्तो शक्ति हो, जसले मानिसको जिन्दगी सफल बनाउन सहयोग गर्नसक्छ । कसैको कुनै पनि व्यवहार परिवर्तन गर्न सकिन्छ भने प्रेमले मात्र सकिन्छ । यहि प्रेम कतिलाई अभिशाप पनि हुने गर्छ ।

प्रेम कहानीहरू

भनिन्छ एउटा प्रेमीले प्रेमिकालाई वा प्रेमिकाले प्रेमीलाई गर्ने माया अनि एउटा आमाले छोराछोरीलाई गर्ने माया र छोराछोरीले आमालाई गर्ने माया कति छ भन्ने कुरा उनीहरुको आँखाबाट थाहा पाउन सकिन्छ। प्रेमका विविध रूप छन् – सन्तान प्रेम, मातृपितृ प्रेम, सखा प्रेम, दाम्पत्य प्रेम आदि। प्रेम एउटा अदभुत् अनुभव हुन सक्छ । धेरै प्रेम कहानीहरू छन्। जस्तो कि लैला मजनु, रोमिया जुलियट, मुनामदन, हीर राँझा, नल दमयन्ती, सावित्री सत्यवान आदि ।

नलदमयन्ती र सावित्रीसत्यवानका कथाहरू वियोगपछि संयोगमा टुङ्गिएका छन् । सपना, प्रेम र सहयात्रा अथवा समय यात्राको सम्बन्ध निक्कै घनिष्ठ हुन्छ । एक्लै हिँडेको बाटो लामो लाग्छ, सहयात्रामा त्यहि दूरी पनि कम र सुखको अनुभुत हुन्छ । एकले अर्काको भावलाई सम्मानका आधारमा बाँधेको हुन्छ र सुन्दर परिवारको परिकल्पनालाई पुरा गरिरहेको हुन्छ । विशेष अर्थमा सात्विक प्रेम प्रेमको त्यो अवस्था हो, जहाँ हुन्छ प्रेम, प्रेम र मात्र प्रेम ।

प्रेम आफैंमा एक यस्तो चिज हो । जसमा भावना र अनुभव (फिलिङ) जोडिएको हुन्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ ।

तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ , या तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको प्रेम गरिरहेको छु, पक्कै पनि हरेक मान्छेको मनमा आफूले गरिरहेको प्रेम कस्तो प्रकारको हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ । तर धेरैजसोले त्यसको जवाफ पाउँदैनन् ।

लंगटर्म लभ

लामो समयसम्म चल्ने प्रेम नै ‘लंगटर्म लभ’ हो । प्रेममा परेर धेरै दुख, कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिरहन्छन् भने उनीहरुको प्रेमलाई ‘लंगटर्म लभ’ भनिन्छ । यस्ता प्रेमिप्रेमिकाले एक अर्काको साथ कहिल्यै पनि छोड्ने गदैनन् । यि जोडीले एकअर्कामा नै आफ्नो जिन्दगी देख्ने गर्छन् । यस्तो प्रमे अक्सर कमैले मात्र गर्छन् ।

यस प्रकारको प्रेम विवाहमा गएर परिणत हुन्छ, र जीवनपर्यन्त चलिरहन्छ । यस्तो प्रेम गर्नेहरु बुढेसकालसम्म पनि एकअर्काप्रति समर्पित हुन्छन् ।

रोमान्टिक प्रेम

यस्तो प्रेम प्राचिन ग्रीसका प्रेमका देवता मानिने ‘ईरोश’प्रति समर्पित मानिन्छ । रोमान्टि प्रेमलाई सबैभन्दा खतरनाक प्रेम पनि भनिन्छ । यति खतरानाक कि यो प्रेमले धेरैजसो समस्याहरु निम्त्याउँछ । यस परिभाषाअन्तर्गत विवाहेत्तर सम्बन्धलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ।

रोमान्टिक प्रेमको अर्को परिभाषा पनि छ । जसमा भनिन्छ कि प्रेममा परे पछिको पहिलो अनुभव नै ‘रोमान्टिक लभ’ हो । यस प्रकारको प्रेममा परेका जोडीहरु एक दोस्रोको विना बाँच्न नै नसकिने सोच्छन् ।

चंचल प्रेम

यस्तो प्रकारको प्रेम बचपनमा हुने गर्छ । कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर, फ्लर्ट गरेर सुरु हुन्छ ।

यस्तो प्रेममा पर्नेहरुलाई लाग्छ कि पूरै संसार रंगीन छ । सबैजना धेरै खुसी छन्, कोही कसैसँग रिसाउँदैन ।

प्रेमिल प्रेम

यस्तो प्रकारको प्रेम बढी नै भावनात्मक हुन्छ । यस्तो प्रेम तपाईले आफ्नो साथीसँग बढी गर्नुहुन्छ । केटा होउन या केटी विपरित लिङ्गीहरु पनि साथित्व निर्वाह गर्छन्, भने त्यो प्रेमिल प्रेम हो ।

यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन । यस्तो प्रकारको फिलिङ बचपनमा भाई–बैनी तथा आमाबुवासँग पनि हुन सक्छ । स्कुल, कलेजका साथी भाई, आफ्नो ईष्ट मित्रसंग पनि यस्तो प्रमे हुने गर्छ ।

आवेगपूर्ण प्रेम

यस प्रकारको प्रेममा मानिसहरुमा अरु कुनै पनि चिजको मतलव हुँदैन । यस्तो प्रेममा परेकाहरु पागलपनको हद पार गरेर पनि आफ्नो प्रेमी प्रेमिकालाई पाउने कोशिष गर्छन् । यस्तो प्रेममा परेका जोडीहरु जात र परम्परालाई चुनौति दिँदै एक हुन्छन् ।

यस्तो प्रेममा परेका व्यक्ति चाहन्छन् कि उनी जससँग प्रेम गर्छन् उसले पनि आफूलाई त्यति नै प्रेम गरोस् जति आफूले उसलाई गरेको हुन्छ । यस्तो प्रेममा रहेकाहरुको सम्बन्ध कहिलेकाँही जलनको कारण खटपट पनि पर्ने गर्छ ।

खाली (रित्ता) प्रेम

जब कुनै जोडी प्रेममा परेपछि पश्चाताप, दुख या पीडामा हुन्छ भने यस्तो अवस्थालाई खाली (रित्तो) प्रेम भन्न सकिन्छ । बाध्यताबस प्रेमी भइरहनुपर्ने अवस्था हुन्छ भने त्यसलाई खाली प्रेम भनिन्छ ।

यस्तो प्रेम खासगरी विवाहित जोडीहरुमा हुन्छ, जो एकअर्काप्रति समर्पित हुँदैनन् । तर बच्चा, परिवार अथवा समाजका कारण मात्रै बन्धनमा हुन्छन् ।

स्वयंलाई प्रेम

यस्तो पनि भनिन्छ कि अरुलाई प्रेम गर्नुभन्दा पहिले स्वयं आफूलाई प्रेम गर्नुपर्छ । यसलाई साधारण भाषामा भन्नुपर्दा आफूलाई उपयुक्त लाग्ने (सुहाउने) प्रेम भन्दा पनि हुन्छ ।

यस्तो प्रेम गर्नेहरु आफ्नो आदर्श, आवश्यकता र भौतिक चाहनाबाट निर्देशित हुन्छन् । जस्तै कुनै शाकाहारी केटीले शाकाहारी केटालाई नै प्रेम गर्नु यसको उदाहरणका रुपमा लिन सकिन्छ । किनकी त्यहाँ त्यसको आदर्शले काम गरेको हुन्छ ।

निस्वार्थ प्रेम

यस प्रकारको प्रेममा प्रेमीहरुले कसैका लागि कुनै पनि प्रकारको द्वेष राख्दैनन् । यस्तो प्रेम जा ेसुकैसँग पनि हुन सक्छ ।

यस्तो प्रेम कुनै पनि प्रकारको दायरको बन्धनमा बाँधिएको हुँदैन । जात, धर्म या उमेरले नै पनि यस्तो प्रेममका कुनै रुकावट ल्याउन सक्दैनन् । बौद्ध धर्ममा यस्तो प्रेमलाई ‘यूनिभर्सल लभ’ भनिन्छ । यस प्रकारको प्रेममा शान्ति र खुसी प्राप्ती हुन्छ ।

स्वार्थी प्रेम

यो त्यस्तो प्रेम हो, जो एकतर्फी प्रेमभन्दा पनि बढी खतरनाक हुन्छ । आजकल यस्तो प्रेमलाई ‘स्मार्ट लभ’ पनि भन्ने गरिन्छ । किनकी यस्तो प्रेम गर्नेहरु आफ्नो स्वार्थबाट निर्देशित हुन्छ । र स्वार्थ पूरा गर्ने दाउमा हुन्छ ।

यस्तो भन्नु गलत नहोला कि यसप्रकारको प्रेमले ‘प्रेम’को पवित्रतालाई धमिलो बनाइदिन्छ । धेरैले स्थार्थबाट प्रेरित भएर गरिने प्रेमलाई धोकाको संज्ञा दिन्छन् ।

एकतर्फी प्रेम

यस प्रकारको प्रेममा पीडाको अलावा अरु केही पाइँदैन । जसलाई प्रेम गरिन्छ त्यसलाई नै जानकारी नदिइ गरिने यस्तो प्रेममा प्रेमी तड्पिएरै पागल हुन्छन् ।

यस्तो प्रेम गर्नेहरु अक्सर साहित्यकार बन्छन् भन्ने गरिन्छ । यस्तो प्रेमबाट मानिसहरु डरउँछन् । तर यस्तो प्रेममा आधारित (वियोगान्त) कथाहरुलाई भने खुब मन पराइन्छ ।



You might also like
Loading...