डोल्पामा दुई सातामा आठ यार्सागुम्बा सङ्कलकको मृत्यु
२३ जेठ, जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।