विवाहित महिलालाई यौनदुव्र्यवहार गर्नेलाई कारवाहीको माग गर्दै र्याली

387








कावासोती । महिलालाई यौनदुव्यवहार गर्नेलाई कारवाहीको माग गर्दै पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा र्याली निकालिएको छ ।
मध्यबिन्दु नगरपालिकाका ३८ वर्षिय राजु पाण्डेले स्थानीय एक १८ बर्षीया विवाहित महिलालाई यौनदुव्यवहार गरेको आरोप लगाएको छ । उनको कारवाहीको माग गर्दै स्थानीयले घटना स्थल र पाण्डेको घर आसपास रानीटारमा र्याली निकालेका हुन् ।
पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी बुझाइएको पीडित परिवारले जनाएको छ ।
मध्यबिन्दु नगरपालिका ८ रानिटारमा खेतमा काम गर्न गएको मौका पारी स्थानीय १८ वर्षिय विवाहित युवतीलाई पाण्डेले बलात्कारको प्रयास गरेको पीडित महिलाले बताएकी छिन् ।
मङ्गलबार आफ्नो खेतमा गएका बेला महिलामाथि पाण्डेले जवर्जस्ती करणी गर्न खोज्दा भागेर बाँच्न सफल भएको पीडित परिवारले जानकारी दिएको छ ।
घटनालाई दबाउन खोजिएको भन्दै स्थानीय आक्रोसित भएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा घेराउ गर्ने समेत जनाएका छन् ।
घटना गाउँमै मिलाउने प्रयास गरेपनि पीडित पक्षले नमानेपछि प्रहरीकोमा जाहेरी परेको हो । आरोपित पाण्डे तम्सरिया साना सहरी खानेपानी संस्थाका अध्यक्ष हुन् भने भ्युरान स्मल हेभन स्कुलका संचालक समेत हुन् ।



You might also like
Loading...