रोल्पामा कार्यरत सव-इन्जिनियर तारा श्रेष्ठ घुस रकम सहित नियन्त्रणमा

146








माडी लुङ्ग्री करिडोर सिचाई आयोजना रोल्पामा कार्यरत सवइन्जिनियर तारा श्रेष्ठ एक लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले श्रेष्ठलाई एक लाख रुपैया घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
श्रेष्ठले योजनाको अन्तिम विल भुक्तान गर्दा घुस मागेको भन्ने सूचनाको आधारमा बुटवलबाट गएको टोलीले निजकै कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको सहसचिव कालीप्रसाद पराजुलीले बताएका छन् ।



You might also like
Loading...