दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु

128








दुबईमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र अरू व्यक्ति घाइते भएका छन्।

ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए। शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा बस ठोकिएको प्रहरीले जनाएको छ।




मृत्यु हुने व्यक्ति विभिन्न देशका नागरिक भएको बताइएको छ।

भारतीय अधिकारीहरूका अनुसार दुर्घटनामा आठ भारतीय नागरिकको मृत्यु भएको छ।

पचास वर्षआसपासका बसचालक घाइते भएका छन् र उनको उपचार हुँदैछ। दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ।

दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनामा परेका मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको छ।

दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल-मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने बताएका छन्।



You might also like
Loading...