अर्घाखाँचीको जंगलमा पुरूषको शव
अर्घाखाँचीको सिद्धारा खयरभट्टीको जंगलमा पुरूषको शव फेला परेको छ। गोरु चराउन गएका गोठालाले शुक्रबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेको थिए।
अनुहार चिन्न नसकिने करिब ३५ वर्षका पुरुषको नग्न अवस्थामा शव फेला परेको थियो।