प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसले जित्यो

141








प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो । त्रिवि त्रिकेट मैदानमा आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।




मात्र दुई रन जोड्दा पहिलो विकेट गुमाएको उसको पारी सुनिल धमला र अमित श्रेष्ठले सम्हाले । श्रेष्ठ व्यक्तिगत ४४ रनमा आउट भए, जतिबेला टिमको स्कोर ५४ रन थियो । करण केसीले ३ र शाहब आलमले २ पिकेट लिएपनि टिमको हार गर्न सकेनन् ।

आर्मीलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशी र शवन शरार्फले समान ४÷४ विकेट लिए ।



You might also like
Loading...