कावासोती १४ त्रिभुवनटारमा क्यान्सर सचेतना कार्यक्रम

290








कावासोती १४ त्रिभुवनटारमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवनटार आमा समूहको आयोजना र प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसनको संयोजनमा कार्यक्रम गरीएको हो ।

कार्यक्रममा महिलाहरुमा ह्ुने क्यान्सरका प्रकारहरु, क्यान्सरका लक्षण, र ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा क्यान्सर रोगका सम्बन्धमा सहभागीले राखेका जिज्ञासालाई राधा क्यान्सर फाउन्डेसनका संयोजक राधा बस्याल, शुभराज शर्मा र पार्वति सिग्देलले सहजिकरण गर्नुभएको थियो ।




त्रिभुवनटार आमा समूहका अध्यक्ष मुना लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४७ जना महिलाहरुको सहभागिता रहेको थियो ।



You might also like
Loading...