पाल्पामा विषालु च्याउ खाएर ११ जना विरामी, गम्भीर दुईकाे भरतपुर र बाँकीकाे कावासाेतीमा उपचार हुँदै
नवलपरासी, २५ जेठ , पाल्पाकाे निस्दी गाउँपालिका ३ निस्दीमा बिषालु च्याउकाे सेवनबाट ११ जना विरामी परेका छन् ।
विरामी मध्ये २ जनाकाे थप उपचारकाे लागि भरतपुर पठाएकाे र ९ जनाकाे नवलपरासीकाे कावासाेतीमा रहेकाे मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेकाे मध्यविन्दु अस्पतालले जनाएकाे छ ।
गम्भीर विरामी ३ बर्षीय विष्णु सिंह ठकुरी, ९ बर्षीया निर्मला सिह ठकुरीलाई भरतपुर पठाएकाे हाे । शनिबार विहान जंगलबाट ल्याएकाे च्याउ खाँदा एउटै गाउँका ११ जनालाई वान्ता हुने, रिंगटा लाग्ने भएपछि उपचारका लागि स्थानीयले कावासाेती ल्याएका थिए।