नजर (गजल)

यसो नगर लगाएथें के हेर्छस् काले भनी
मायाले बोलाएथें जिस्काउछस् गधा साले भनी
गल्ती भएछ माफ पाउँ भनि हात जोडेथें
के लोकाचार पार्छस् ए नपुंसक भाले भनी
हात जोड्दै आफ्नो बाटो तताउन लागेको थें
रिसाउँदै एकछिन पर्खी ए सिंगाने र्याले भनी
हजुर भन्दै विन्ती भाउ टक्रयाएथें ऊ सामु
अब पाउँछन् चड्कन आवारा माले भने
कुन दशा लागेछ र यस्ती परी भेटेछु
भद्र युवतीलाई जिस्काउछस् गोठाले भनी