१३ वर्षिय बालिका बलात्कार गरेर भाग्दै गरेका युवा पक्राउ

164








उदयपुरमा १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । उदयपुृरको चौदण्डीगढी नगरपालिका– ४ शनिबारे बस्ने अन्दाजी ३६ वर्षिय देवकुमार राई जबर जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ परेका हुन् ।

खोटाङको खोटेहाङ गाउँपालिका दिप्लुङ घर भई हाल चौदण्डीगढी नगरपालिका– ४ शनिबारेमा दिदी भिनाजुको घरमा बस्दै आएकी १३ वर्षिय बालिकालाई राईले ललाई फकाई आफनो घरमा लगि जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढा मगरले जानकारी दिए ।




राईलाई जबरजस्ती करणी गरेर बसमा भाग्दै गरेको अवस्थामा सिरहाको मिर्चैया एरियाबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा जबरजस्ती करणीमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...