नवदुर्गामा छात्रवृत्ति वितरण

143








प्रेम न्यौपाने

कावासोती २८ जेष्ठ । नवदुर्गा आधारभूत विद्यालय कावासोती -२ को छात्रवृत्ति वितरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । विद्यालयमा शैक्षिक सत्र २०७५ मा अध्ययन गरेका विद्यार्थीहरुलाइ एक समारोहका बीच छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले जानकारी दिनुभयो।




शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिराम पौडेलको अध्यक्षता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष झमान सिं कानुङमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत दलित छात्र-छात्रा र अन्य छात्रा सहित ९४ जना विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक डुम्रेले जानकारी दिनुभयो ।



You might also like
Loading...