कपिलवस्तुको सुनचाँदी पसलमा २१ लाख चोरी (भिडियो सहित)
कपिलवस्तु नगरपालिका वडा नम्बर १ कालिकाटोल स्थित जय माता दि सुनचाँदी पसलमा गएराति २१ लाख बढिको सुनचाँदी र नगद चोरी भएको छ । संचालक बिनोद सोनारका अनुसार पसल भित्रको लकरमा राखिएको १८ लाख ९० हजार मुल्यको ३० तोला सुनको तयारी गहना र २ लाख ७० हजार नगद चोरी भएको हो ।
पसलको सटरमा कुनै तोडफोड नै नगरी भएको चोरी रहस्यमय देखिएको छ । पसलसंग जोडिएको नया बन्दै गरेको भवनबाट चोरहरु भित्र पसेको हुन सक्ने संचालन सोनारले बताए । घटना बारे जिल्ला वडा प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुको टोलीले आवश्यक अनुसन्धान शुरु गरेको छ ।
https://www.youtube.com/watch?v=CsLsVCunm3c&feature=youtu.be