घरमा सुतिरहेको अवस्थामा विप्लवका जुम्ला इन्चार्ज पक्राउ

190








 

जुम्ला। प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाका ईन्चार्ज पक्राउ परेका छन् । जुम्ला ईन्चार्ज चन्द्रविर तिरुवा “रवी किरणलाई प्रहरीले उनकै घर पक्राउ गरेको हो । उनी सिँजा गाउँपालिका वडा नम्बर २ चुलेलगाउँ निवासी हुन् । सिँजा स्थीत आफ्नै घरमा सुतीरहेको बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक सिताराम रिजालले उनलाई घरमा सुतिरहकी अवस्थामा जानकारी दिएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासदमा राखिएको प्रहरीले जनाएको छ ।






You might also like
Loading...