नवलपरासीमा अपाङ्ग महिलाहरुको लागी सिपमुलक तालिम सम्पन्न
सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६मा गाउपालिका अन्तर्गत महिला तथा अपाङ्ग महिलाहरुलाई सिप मुलक हाते कढाई तालिम आज सम्पन्न भएको छ ।
जन जागृती अपाङ्ग संस्था नवलपरासीको आयोजना तथा मुख्य मन्त्रि ग्रामीण विकाश कार्यक्रमको सहयोग तथा समन्वयमा सम्पन्न भएको हो ।
जन जागृती अपाङ्ग संस्थाका अध्यक्ष बच्चा राजभरको अध्यक्षता तथा प्रतापपुर गाऊपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्याय, नन्दु यादव, राजेश सिहं थापा, तौहिद लोनिया, संजय कुशवाहा, मोहन यादव लगायतहरुको उपस्थिति रहेको थियो।
तालिममा प्रतापपुर गाऊपालिका करिब २२ जना महिलाहरुको सहभागिता रहेको थियो।