जंगली च्याउ खाएर विरामी मध्य ३ जनाको उपचारको क्रममा निधन

298








रामकुमार श्रेष्ठ
नवलपरासी, ३१ जेठ । गत शुक्रबार च्याउ खाएर विरामी पारेका पाल्पाका ११ जना मध्ये ३ जनाको गएराति उपचारको क्रममा काठमाडौंमा निधन भएको छ ।
गएराति उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा थप तीन जनाको निधन भएको मृतकका आफन्त सुमन मल्ल ठकुरीले जनाएका छन् ।
गएराति पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवासको सार्की डाँडा निवासी ४८ बर्षीय पूर्ण सिंह खाम्चा मगर, १२ बर्षीया निसा सिंह ठकुरी, ६ बर्षीय सुमन सिंह ठकुरीको निधन भएको हो ।
निसा र सुमन कान्छा बुवा र ठूलाबुवाका छोरा छोरी अर्थात दिदी भाई हुन् ।
दुई दिन अघि १४ बर्षीया निरुता सिंह ठकुरी सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।
विषालु च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोती स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो । विरामीहरु मध्ये १ जना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौंमा उपचार भईरहेको छ । ४ जना मध्ये ३ जनाको अवस्था सुधार उन्मुख रहेको परिवारले जनाएका छन् ।
मृतक ६ जना मध्ये निसा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।

 




 



You might also like
Loading...