लिची खाँदा ५४ बालबालिकाको मृत्यु, २०३ बिरामी

114








भारतको बिहारस्थित मुजफ्फरपुर जिल्लामा फैलिएको मस्तिष्क ज्वरोका कारण हालसम्म ५४ जना बालबालिकाको मृत्यु भएको छ ।

मस्तिष्क ज्वरोको कारण अन्य २ सय ३ जना बिरामी भएका छन् । मुजफ्फरपुरका सिभिन सर्जन डा. शैलेश प्रसादले हाइपोप्लाइसिमिया (रगतमा चिनीको मात्रा कमी) र अन्य अज्ञात रोगका कारण ५४ जनाको मृत्यु भएको र २ सय ३ जना बिरामी परेको जानकारी दिएका हुन् ।




डेली मेल र द गार्जियनले बिहारमा फैलिएको यो रोगबारे उल्लेख गर्दै लिचीमा पाइने विशालु पदार्थ सेवनका कारण उनीहरुको मृत्यु भएको उल्लेख गरेका छन् ।

सबै बच्चाको स्वास्थ्य परीक्षणका क्रममा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोमको लक्षण पाइएको छ र सबै बालबालिकाको रगत परीक्षणमा चिनीको मात्रा औसत रुपमा कम पाइएको छ ।

बिहारमा गर्मीको समयमा यस्ता घटना घट्ने गरेका छन् । सन् २०१४ मा करिब १ सय ५० वटा घटना सार्वजनिक भएका थिए । सन् २०१५ मा पनि यस्तो घातक ज्वरोबारे शाेध गरिएकाे थियाे ।

शाेधका क्रममा कुनै विशालु पदार्थको सम्बन्ध कुनै फलफूलसँग भएको निष्कर्ष निस्किएको थियो । विश्व स्वास्थ्य संगठनको रिपोर्टमा लिची पनि मानव स्वास्थ्यका लागि खतरनाक भएको उल्लेख  थियो ।

लिचीमा पाउने एक प्रकारको तत्त्व ज्वरोको कारण हुन सक्छ । खाली पेटमा वा काचो लिची खानु स्वास्थ्यका लागि घातक बन्न सक्छ । लिचीबाट निस्कने विशालु पदार्थले शरीरमा चिनीको मात्रा कम बनाइदिन्छ । यस्तै, कुपोषित बच्चाले पनि लिची खानु राम्रो मानिँदैन ।



You might also like
Loading...