कावासोतीमा खुल्यो कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्र सम्पर्क इकाई


अमृत पोख्रेल
नवलपरासी, ३१ जेठ । देश संघीयतामा गएपछि जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय विघटन भएपछि सेवाबाट विमुख भएका नवलपुर जिल्लाका किसानहरुलाई लक्षित गरी शुक्रबार कृष ज्ञान केन्द्र र पशु सेवा केन्द्रको सम्पर्क ईकाई स्थापना गरिएको छ ।




कावासोती नगरपालिका ८ मा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सम्पर्क इकाईको शुक्रबार प्रदेश सांसद रोशनबहादुर गाहाले उद्घाटन गरेका थिए ।
उद्घाटनसँगै शुक्रबारट कावासोतीमा यि दुई वटै इकाई कार्यालयले काम शुरु गरेको छ ।
यि दुवै कार्यालयलाई तनहुको इकाईको रुपमा राखिएको छ । यस अघि नवलपुरका किसानहरु कृषी र पशुका अनुदान लिन होस वा अन्य कार्यका लागि तनहु जानु पर्ने बाध्यता थियो ।
कार्यालय उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद नेकपा नवलपुरका अध्यक्ष रोशन बहादुर गाहा मगरले संघीयता प्राप्ति पछि जनताले विस्तारै राज्यवाट पाउनुपर्ने सेवा सुबिधाहरु नजिकबाट पाउन थालेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरु विष्णु लामिछाने, जनकलाल श्रेष्ठ, ओमकला गौतम, कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुन, कृषि बिकास निर्देशनालय गण्डकी प्रदेशका डा. शान्ता कार्की, नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की लगायतले मन्तव्य राखेका थिए ।
भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराका सचिव दुर्गा प्रसाद दवाडीको अध्यक्षतामा कार्यालय उद्घाटन भएको थियो ।



सम्बन्धित
Loading...