डण्डाको दलित सामुदायिक विकास केन्द्रमा अध्यक्ष सहित बहुमत सदस्यद्वारा राजिनामा

150








रामकुमार श्रेष्ठ
नवलपरासी, ३२ जेठ । 

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा रहेको दलित सामुदायिक विकास केन्द्रका अध्यक्ष कविराम सुनार सहित बहुमत सदस्य ९ जनाले संयुक्त रुपमा राजिनामा दिएका छन् ।
१३ जनाको समिति रहेकोमा अध्यक्ष सहित ९ जनाले राजिनामा दिएको भेला आयोजक समितिका सहसंयोजक रेशम परियारले बताए ।
बहुमत सदस्यले अध्यक्ष लगायतका केही पदाधिकारीले एकल निर्णय गर्ने र संस्थालाई सामुहिक ढंगले अगाडि बढाउन नसकेको भन्दै राजिनामा दिए पछि अध्यक्षले पनि राजिनामा दिएका थिए । साधारण सभाले अध्यक्ष सहित बहुमत सदस्यको राजिनामा स्वीकृत गरी भेला आयोजक समिति गठन गरेको हो ।
अध्यक्ष सहितको बहुमत सदस्यले राजिनामा दिए पछि शनिबार बसेको दोस्रो साधारण सभाले लक्ष्मी सुनारको संयोजकत्वमा ९ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।
जसको सहसंयोजकमा रेशम परियार, सचिवमा सर्मिला विक, कोषाध्यक्षमा मोहलाल विश्वकर्मा र सदस्यहरुमा पुजा बराल, राज विक, लालबहादुर मल्ल, नरबहादुर विश्वकर्मा, इन्द्रबहादुर परियार रहेका छन् ।






You might also like
Loading...