सर्पले डसेर ४ वर्षीया बालिकाको मृत्यु

134








सर्लाही : सर्पले डस्दा सर्लाहीमा चार वर्षीया बालिकाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका १२ कालिञ्जोरमा विषालु सर्पले डसेर स्थानीय सञ्जय दासकी चार वर्षकी छोरी लक्ष्मी दासको मृत्यु भएको हो। उनलाइ उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्रमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन्। आइतबार साँझपख बालिका घरमै बसिरहेको समयमा सर्पले डसेको थियो।

 



You might also like
Loading...