९० वर्ष अघिदेखि तरकारी खेती ७० बर्षसम्म परम्परागत तरकारि खेति


दिपकराज भट्ट
भागेश्वर , डडेलधुरा — बडाहाकिम रुद्रशमशेर राणा तल्लो स्वराडबाट आउँदा डडेलधुरा लाकमका दिवंगत विष्णुदत्त जोशीको बारीमा लटरम्म फलेको तरकारी देखेर लोभिएछन् । आफ्ना कारिन्दालाई पठाएछन् र भने ‘पैसा लिए पैसा दिनू नलिए मागेर ल्याउनू ।’ त्यस दिनदेखि उनी डोटी गौंडामा बडाहाकिम भएर बसुन्जेल महिनाको एकपटक साबिक बगरकोटको लाकमबाट तरकारी मगाएर खान्थे ।
पछि उनकै कारण गौंडामा आउने बडाहाकिम र प्रहरीका हाकिम पनि लाकमबाटै तरकारी मगाएर खान थाले । पदमशमशेर राणा प्रधानमन्त्री छँदा डोटी गौंडामा रुद्रशमशेर बडाहाकिम भएर आएका हुन् । रुद्रशमशेर बडाहाकिम भएर आएको ९० वर्षभन्दा बढी भयो ।
दिवंगत जोशीकै परिवारका सदस्य स्व. दिलीपले २०५९ मा बेमौसमी तरकारी खेतीमा अन्तरर्रा्ष्ट्रिय अवार्ड पाए । उनको निधन भएको पनि ३ वर्ष बितिसकेको छ । उनले शिक्षक पेसामा हुँदाहुँदै पनि २०४१ बाट डडेलधुरामा बेमौसमी तरकारी खेती सुरु गरे । उनकै देखासिखीमा जिल्लामा व्यावसायिक तरकारी खेती आरम्भ भएको मानिन्छ । यसअघि व्यावसायिक रूपमा तरकारी खेती गर्ने परम्परै थिएन ।




बर्खामा फल्ने फर्सी, घिरौंला, मुला , काँक्रो र हिउँदमा पालुंगोबाहेक अन्य तरकारी लगाउने चलनै थिएन गाउँघरमा । सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा पनि तरकारी खेतीगर्ने परम्परा थिएन । तर लाकममा भने शताब्दी अघिदेखि निरन्तर अहिलेसम्म उदाहरणीय रुपमा तरकारी खेती हुँदै आएको छ ।
पछिल्लो समय दिवंगत विष्णुका नाति खेम जोशी जिल्लाका अगुवा तरकारी कृषकका रूपमा परिचित छन । तरकारी खेतीको कुनै नयाँ प्रयोग गर्नु परे कृषि क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संघ–संस्थाको रोजाइमा साविक बगरकोटको लाकम गाउँ पर्छ । खेम जोशी पहिलो नम्बरमा आउँछन् । कुनै समय माओवादी विद्रोहमा लागेका जोशीले हतियार बोकेको समयमा पनि तरकारी खेती गर्न छाडेनन् । ‘म युद्धमा लागे तर परिवारका सदस्यले तरकारी खेती गरेरै गुजारा चलाए,’ जोशीले भने, ‘बाजेका पालादेखि सुरु तरकारी खेती अहिलेसम्म जारी छ ।’
कुनै समय जिल्लामा आउने हाकिम र ठूलाबडाका लागि मात्र तरकारी उत्पादन हुने उनी सुनाउँछन् । त्यहाँ आएर तरकारी आफैं टिपेर लैजाने गरेको उनले बताए । ‘४ दशकयता भने ब्यबसायिक रुपमै तरकारी खेती गर्दै आएका छौं,’ उनले भने । मूल बाटोमा गाउँ छ आउने–जानेका नजरमा सहज पर्ने भएका कारण पनि बिस्तारै लाकममा तरकारी पाइन्छ भन्ने प्रचार भएको जोशीले बताए ।
जोशीले भने, ‘सदरमुकामदेखि बैतडीकोतल्लो स्वराडसम्मको मूल बाटोमा आउने–जानेमध्येधेरैले हाम्रो गाउँबाट तरकारी खरिद गरी लैजानथालेपछि आम्दानीको बाटो खुलेको हो ।’ विस्तारै–विस्तारै लाकम तरकारी खेतीमा प्रसिद्ध मात्र भएन तरकारी खेतीको अनुसन्धान केन्द्र पनि बन्न थालेको उनले वताए ।
लाकमका कृषकरुले सुरु गरेको तरकारी खेतीवाट मनग्ये आम्दानी भएको देखेपछि आसपासका अरु गाउँका वासिन्दाले पनि ब्यबसायिक तरकारी उत्पादन सुरु गरेका हुन् ।
मथिल्लो जातिले च्याउ खानु हुँदैन भन्ने मान्यता तोडेर अगुवा कृषक जोशीले गाउँमै गोब्रे च्याउ उत्पादन मात्र गरेनन् अरुलाइ पनि प्रेरणा दिए । स्थानीय कृषक मोहन साउँद भ्नछन, ‘यस क्षेत्रमा आधुनिक तरकारी खेतीको आरम्भ गर्ने जोशी परिवार नै हो ।’ पछिल्लो समय अगुवा कृषक जोशीले चन्दनको खेती पनि सुरु गरेका छन । प्राविधिक रूपमा चन्दनका विषयमा तालिम लिएर उनले गत वर्षदेखि चन्दनको नर्सरी स्थापना गरेका छन । एउटा बोट ४ सयसम्म बिक्री हुने चन्दन खेती जिल्लामा पहिलो हो ।
९० वर्ष अघि बाजेले सुरु गरेको तरकारी खेती निरन्तरतासंगै नयाँ–नयाँ प्रयोग गरेर कृषकलाई आधुनिक खेतीतर्फ उन्मूख गराउने काममा सक्रिय जोशी मात्र होइनन् उनको पुरै गाउँ लागेको छ । डडेलधुरा सदरमुकाम देखि १२ किमि दूरीमा रहेको लाकम गाउँमा परम्परागत खेती गर्न छोडेको दुई दशक बितिसकेको छ ।
हरेक परिवारले बेमौसमी तरकारी र फलफूल खेती गरी बर्से्नि न्यूनतम ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन । गाउँमा उत्पादन भएको तरकारी ढुवानी गर्न गाउँकै दुई कृषकले गाडी खरिद गरेका छन । तरकारीका बिउ बिजन र औषधी विक्री गर्न गाउंमै एग्रोसम्वन्धी पसल थापेका छन ।‘शताब्दी अघिदेखि ब्यबसायिकतरकारी खेती सुरु गरेका यस गाउँकाकृषकको परिश्रम र लगन उदाहरणीय मात्रहोइन प्रेरणादायी रहेको छ,’ बरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्टले भने ‘सुदूरमा ब्यावसायिक तरकारी खेती सुरु गर्ने यो नै पहिलो गाउँ हो भन्दा अत्युक्ति नहोला ।’
उनका अनुसार राज्यका निकायले धेरै सहयोग गर्न नसके पनि लाकमका कृषकले राज्यका निकायलाई समेत प्रेरणा दिएका छन् । ‘पछिल्लो समय लाकम जिल्लामा सवैभन्दा वढी तरकारी उत्पादन हुने गाउँ बनेको छ,’ उनले भने ।







सम्बन्धित
Loading...