अज्ञात समुहद्वारा सल्यानको वडा कार्यालयमा आगजनी, महत्वपुर्ण कागजात जलेर नष्ट

123








नारायण खड्का, दाङ,असार ३ ।

अज्ञात समूहले सल्यानको एउटा वडा कार्यालयमा आगजनी गरिदिएको छ । छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोलामा रहेको वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेपछि सबै सामान जलेर नष्ट भएका छन् ।




छत्रेश्वरी गाउँपालिकाका प्रेस सल्लाहाकार नविन पौडेलले आगजनी बाट सबै सामाग्री जलेर नष्ट भएको भन्ने जानकारी दिए ।
घटनास्थल वाट फर्केका एकजना स्थानीय केन्द्रराज बुढाथोकीले पहिला ढुङ्गा ताल्चा फोडेर भित्र प्रवेश गरेर सबै कागजात एकै स्थानमा जम्मा गरि आगजनी गरेको देखिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख लगाएत ईलाका प्रहरी कार्यालय लुहामका प्रहरी अधिकारीलाई फोन सम्पर्क गर्ने प्रयास भने संभव हुन सकेन । वडा कार्यालय भएको स्थानमा फोन सम्पर्क हुन नसक्ने हुँदा समस्या भएको स्थानीयले जानकारी दिएका छन् ।

ताल्चा फोडेर भित्र पसेर सबै कागजात, कम्प्युटर, ल्यापटप लगाएतका उपकरणहरुमा पेट्रोल वा मट्टीतेल छरेर आगो लगाएको छ ।

मंगलवार विहान १ बजेतिर स्थानीय एक महिलाले वडा कार्यालयमा आगो बलेको देखेपछि गाउँलाई खवर गरेकी थिइन ।
आगो लगाउने समुहले वडा कार्यालयको दुई वटा कोठामा रहेका महत्वपूर्ण कागजात संगै ल्यापटप, कम्पुटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सी, कार्पेट जस्ता सामानलाई एकै ठाउँमा जम्ममा गरेर आगो लगाएको छ ।
कार्यालयको प्रशासन कक्ष र प्राविधिक कक्ष दुबैमा रहेका सबै कागजात र सामान जलेर नष्ट भएको बुढाथोकीले जानकारी दिए । स्थानीय सर्वसाधारण वडा कार्यालयमा आगलागी भएको देखे लगतै हार गुहार गर्दै आगो निभाउन खटिएका थिए । नेत्र विक्रम चन्द (विप्लव) समुहले आगो लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।



You might also like
Loading...