पाकिस्तानको एक अस्पतालमा गोली चल्यो, ५ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।

सोमबार अबेर राती जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।
यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ । -रासस/सिन्ह्वा