अन्ततः ‘गुठी विधेयक’ फिर्ता

160








काठमाडौं। व्यापक जनदबाबपछि सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले संसद्मा दर्ता गराएको ‘गुठीसम्बन्धी कानुनलाई एकीकृत तथा संशोधन गर्न बनेको विधेयक, २०७५’ फिर्ता लिएको घोषणा गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गुठी विधेयकका सम्बन्धमा भ्रम फैलाउने गरी प्रचार भएकाले सरोकारवालासँग छलफल बढाउने गरी विधेयक फिर्ता लिएको बताइन् ।




विधेयक फिर्ताबारे स्पष्ट पार्दै मन्त्रालयले संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यताअनुरूप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेका किसान तथा गुठीको अधिकार संरक्षण गरी सर्वसाधारणको हितमा कायम गर्न र गुठी जग्गाको उत्पादकत्व बढाउने उद्देश्यले सरकारले गुठी विधेयक राष्ट्रिय सभामा पेस गरेको जनाएको राजधानी दैनिकमा खबर छ ।



You might also like
Loading...