इलामकी सुजताको पाँचथरमा हत्या


इलाम । इलामको माईजोगमाई गाउँपालिका वडा नं. ५ की सुजता तमाङको पाँचथरमा हत्या भएको छ । पाँचथर एनएमबी माईक्रो फाइनान्समा हिलिहाङ्ग ३, गोपेटार पाँचथरमा कार्यरत २० बर्षीय सुजता तमाङको हत्या भएको हो ।
पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका वडा नं. ६ स्थित एनएमबी माईक्रो फाइनान्सको २ वटा समुहको बैठक सकाएर फर्कने क्रममा सोही वडाको सिद्धेखोला भन्ने स्थानमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा लास फेला परेको र अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिनुभयो । अहिले लासलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।



सम्बन्धित
Loading...