रोल्पामा वडा कार्यालयमा आगजनी


सल्यानमा आगो लगाएको भोलिपल्टै रोल्पाको एक वडा कार्यालयमा पनि अज्ञात समुहले आगजनी गरेको छ ।
बुधवार एकाविहानै जिल्लाको गंगादेव गाउँपालिका वडा नं.५ को वडा कार्यालयमा अज्ञात समुहले आगो लगाउँदा सम्पूर्ण कागज पत्र र उपकरण जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दीपक खड्काले आगजनी गर्ने समुहको पहिचान हुन नसकेको बताए ।
त्यहाँको वडा कार्यालय भाडामा बस्दै आएको थियो । वडा कार्यालयको भवनमा ताला फोडेर उक्त समुहले आगजनी गरेको प्रमुख खड्काले बताए । आगजनी बाट कागपत्र, ल्यापटप,कम्युटर लगाएका सामाग्री जलेर नष्ट भएका छन् । प्रहरी स्रोतका अनुसार उक्त समुहले कार्यालयमा रहेको ८० हजार जति नगदपनि लगेर गएको जानकारी दिएको छ । बुधवार विहान ३ बजेतिर वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको थियो । फोटोकपी मेसिन,वडा अध्यक्ष बस्ने कुर्सी, कम्प्युटर,वडा अध्यक्षको ल्यापटप एक थान जलेर नष्ट भएको छ । काजपत्र भने कार्यालय बाहिर ल्याएर आगो लगाएको प्रहरीले जानकारी दिएको छ । खवर पाए लगतै प्रहरी घटनास्थल तर्फ परिचालन गरिएको छ ।
मंगलवार विहान मात्रै यसैगरी अज्ञात समूहले सल्यानको एउटा वडा कार्यालयमा आगो लगाएको थियो । छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोलामा रहेको वडा कार्यालयमा गरिएको आगजनी बाट कार्यालयका सबै कागज पत्र र सामान जलेर नष्ट भएका थिए । आगजनी कस्ले र किन ग¥यो भन्ने एकिन हुन सकेको छैन ।
यद्यपी प्रहरीले भने नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रति शंका व्यक्त गरेको छ ।



सम्बन्धित
Loading...