अपाङ्गता भएकालाई सहयोगी सामग्री हस्तान्तरण

155








कावासोती, ४ असार ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेका अपाङ्गता भएका १० जनालाई सहयोगी सामग्री प्रदान गरिएको छ ।
कावासोती ३ वडा कार्यालयको सहयोग र नवदुर्गा अपाङ्गता स्वावलम्बन समूहको आयोजनामा सहिद स्मृति माविमा आयोजित कार्यक्रममा सहयोगी सामग्री हस्तान्तरण गरिएको हो ।


वडा अध्यक्ष अमृत श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ जनालाई ह्विल चियर, ३ जनालाई बैशाखी, २ जनालाई सेता छडी, १ जनालाई वाकर र २ कल्पफुट सुज प्रदान गरिएको थियो ।
समूहका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु आइतराम तामाङ, ऋषी वस्ताकोटी, पवनकुमारी महतो र वडा सचिव विष्णुप्रसाद मिश्र लगायतको सहभागिता रहेको थियो ।






You might also like
Loading...